राेहित र सोमपाल आउट, नेपालले सय रन नबनाउँदै गुमायो ७ विकेट

4 Jun, 2024
Share:
117 Shares

अमेरिका र वेस्टइन्डिजमा जारी टि २० विश्वकपको पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सय रन नबनाउँदै ७ विकेट गुमाएको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।

नेपालले आफ्ना दुवै ओपनरलाई १५ रनमा जोड्दै गुमाएको थियो। जसमा आसिफ शेखले ४ र कुशल भुर्तेलले ७ रन मात्र बनाए।

त्यसपछि कप्तान रोहितकुमा पौडेल र अनिल साहले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। यी दुईले तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरेका थिए।

आठौं ओभरको चौथो बलमा अनिल साह व्यक्तिगत ११ रनमा आउट भएपछि नेपालले थप २ विकेट लगातार गुमाएको थियो। त्यसपछि नेपालले कुशल मल्ललाई ९ तथा दीपेन्द्रसिंह ऐरी १ र सोमपाल कामीलाई शुन्य रनमा गुमाएको थियो।

नेपाललाई दबाबमा राख्ने क्रममा टिम प्रिंगल ३, पाउल भान मिकेरेन २ विकेट लिए।

ताजा अवस्तामा नेपाल १८ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा ९६ रन बनाएको छ। क्रिजमा कप्तान गुल्सन झा १३ र करण केसी ८ रन बनाएर खेलिरहेका छन्।