नेपाल लागातार दोस्रो पटक टि-२० विश्वकपमा

15 Oct, 2025
Share:
117 Shares

नेपाल लगातार दोस्रो पटक टि-२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी टि-२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको खेलमा युएईले सामाओलाई हराएपछि नेपाल सुपर सिक्सको २ खेल बाँकी छँदै विश्वकपमा छनोट भएको हो।

नेपालसँगै ओमान पनि विश्वकपमा पुगेको छ। नेपाल र ओमान दुवै सुपर सिक्समा २ अंकका साथ प्रवेश गरेका थिए। दुवै सुपर सिक्समा दुवै खेल जितेका छन्। समान ६ अंक भएपनि रनरेटका आधारमा ओमान पहिलो र नेपाल दोस्रो स्थानमा छ।

एसिया तथा इस्ट एसिया प्यासिफिकबाट अब एक टिम विश्वकपका लागि छनोट हुनेछ। टि-२० विश्वकप यसैवर्ष भारत र श्रीलंकामा आयाेजना हुनेछ।

नेपालले समग्रमा तेस्रो पटक विश्वकप खेल्ने भएको हो। नेपालले पहिले पटक सन् २०१४ विश्वकप खेलेको थियो भने त्यसको १० वर्षपछि सन् २०२४मा दोस्रो पटक विश्वकप खेलेको थियो।

छनोटको सुपर सिक्समा नेपालले आजै ओमानसँग खेल्दै छ। अब नेपाल र ओमान दुवैका लागि यो छनोटको उपधिका लागि मात्र हुनेछ।