दक्षिण अफ्रिकाले ११५ रनको लक्ष्य डिफेन्ड गर्‍यो, बंगलादेश ४ रनले पराजित

11 Jun, 2024
Share:
117 Shares

दक्षिण अफ्रिकाले जारी टि–२० विश्वकपमा लागतार तेस्रो जित निकालेको छ। लगतार तेस्रो जित निकाल्ने क्रममा उसले ११५ रनको भिनो लक्ष्य डिफन्डर गरेको छ।

यो टि–२० इन्टेरनेशनलकै सबैभन्दा स्कोर डिफेन्ड भएको खेल हो। ११५ रनको लक्ष्य डिफेन्ड गर्ने क्रममा दक्षिण अफ्रिकाले ४ रनको जित निकाल्यो।

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाएको थियो।

बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाह रियादले अविजित २० रन बनाए । कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए।

बंगलादेशलाई रोक्न केशव महाराजले सर्वाधिक ३, काशिगो रवाडाले र एनरिच नोत्जेले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १३ रनको योगफल बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ४६ रनको महत्वपूर्ण पािर खेले । यस्तै, डेभिड मिलरले पनि २९ रन बनाए। यी दुईबीचको साझेदारी महत्वपूर्ण रह्यो । यस्तै, क्विन्टन डी ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले सर्वाधिक तीन विकेट लिँदा ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट आफ्नो नाम गराए।

दक्षिण अफ्रिका तीन खेलबाट ६ अंकका साथ समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ। तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ।