ओमानविरुद्ध १९ बलमै जित निकाल्दै इंग्ल्यान्डको सुपर ८ सम्भावना जिवितै

14 Jun, 2024
Share:
117 Shares

जारी टि–२० विश्वकपमा इंग्ल्यान्डले सानदार जित निकालेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले ओमानविरुद्ध १९ बलमै जित निकाल्यो। यो टि–२० विश्वकप इतिहासकै सर्वाधिक छिटो रन चेज हो।

ओमानले दिएको ४८ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डका जोस बट्लरले ८ बलमा २४ रन बनाउँदा फिल सल्टले ३ बलमा १२ र जोनी बेरिस्टोले २ बलमा ८ रन बनाए।

ओमनका बिलाल खान र कलिमउल्लाहले समान १ विकेट लिए।

इंग्लिस बलरहरुले घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको ओमान ४७ रनमै अलआउट भयो। यो टि–२० विश्वकपको चौथो कम स्कोर हो। उसका लागि सोइब खानले सर्वाधिक ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

ओमानको इनिङ धरासायी बनाउने क्रममा अदिल रसिदले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क उडले समान ३ विकेट लिए।

यो फराकिलो जितसँगै समूह बीमाबाट सुपर ८ पुग्ने सम्भावना जिवितै राखेको छ। उसको ३ खेलमा ३ अंक भएको छ।