टि–२० विश्वकप : अमेरिका पहिलो सहभागीतामै सुपर ८मा, पाकिस्तान बाहिरियो

15 Jun, 2024

टि–२० विश्वकपको सहआयोजक अमेरिका सुपर ८मा प्रवेश गरेको छ। फ्लोरिडामा शुक्रबार राति हुने आयरल्यान्डसँगको खेल वर्षाका कारण रोकिएपछि अमेरिका पहिलो सहभागीतामै सुपर ८मा पुगेको हो।

अमेरिका समूह एमा ४ मध्ये १ खेलमा मात्र पराजित भयो। भारतसँग पराजित भएको अमेरिकाले क्यानडा र पाकिस्तानलाई हराएको थियो। उसले ४ खेलमा ५ अंक जोड्यो र समूहको उपविजेताका रुपमा सुपर८मा पुग्यो।

यता, अमेरिका सुपर ८मा पुग्दा अघिल्लो पटकको फाइनलिस्ट पकिस्तान समूह चरणबाटै बाहिरिएको छ। अब उसले अन्तिम खेलमा आयरल्यान्डसँग खेल्नेछ।

यो समूहमा भारत समूह विजेता बनेको छ। भारतले लागतार तीन खेल जितेको छ। अब उसले अन्तिम खेलमा क्यानडासँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]