यी हुन् टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

21 Feb, 2026
Share:
117 Shares

जारी आईसीसी टि–२० विश्वकप २०२६ मा आजबाट सुपर ८का खेलहरू सुरू हुँदैछ। जहाँ पाकिस्तान र न्युजिल्यान्डबीच खेल हुँदै छ। खेल श्रीलंकमा हुनेछ।

समूह चरणकाे खेलसकिँदा प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्र स्थान बनाएका छन्। पाकिस्तानका साहिबजादा फरहान हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले चार खेलमा २२० रन बनाएका छन् । उनको स्ट्राइक रेट १६४.१७ र औसत ७३.३३ रहेको छ।

श्रीलंकाका पाथुम निस्साङ्का दोस्रो स्थानमा छन्। उनले चार खेलमा १९९ रन जोडेका छन्। उनको स्ट्राइक रेट १५६.६९ र औसत ६६.३३ रहेको छ। उनले अस्ट्रेलियाविरूद्ध शतक बनाएका थिए।

तेस्रो स्थानमा श्रीलंकाकै विकेटकिपर–ब्याट्सम्यान कुसल मेन्डिस छन्। उनले चार खेलमा १८२ रन बनाएका छन्। दक्षिण अफ्रिकाका कप्तान एडेन मार्कराम चौथो स्थानमा छन् । उनले चार खेलमा १७८ रन बनाएका छन् भने उनको औसत ५९.३३ रहेको छ।

भारतका आक्रामक ओपनर इशान किशन पाँचौं स्थानमा छन् । उनले चार खेलमा १७६ रन बनाएका छन्। उनको स्ट्राइक रेट २०२.२९ र औसत ४४ रहेको छ। पाकिस्तानविरुद्ध ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए।

प्रतियोगिता अघि बढ्दै जाँदा सर्वाधिक रनको होड थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।