नेपालको खराब ब्याटिङ, मेलबर्न रेनिगेट्सलाई दियो १४० रनको झिनो लक्ष्य

20 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियामा जारी टप इन्ट टि–२० सिरिजका पाँचौं खेलमा नेपालले खराब ब्याटिङ गरेको छ। डर्विनमा जारी खेलमा नेपालले मेलबर्न रेनिगेट्सलाई १४० रनको समान्य लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउने सक्यो।

नेपालका लागि कशुल मल्ले सर्वाधिक २९ रन बनउाँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले १६ रन बनाए। सबैकाे स्ट्राइक रेट १ सय नजिक मात्र थियाे

बलिङमा रेनिगेट्सका फर्गुस ओनिल, कालुम स्टोअ, लचलन बान्गस र मिचेल आर्चरले समान २ विकेट लिए।