टप इन्ड टी–२० सिरिज आजबाट सुरु हुँदै, नेपालको खेल भोलि

14 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियाको डार्विनमा हुने टप इन्ड टी–२० सिरिज आजबाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै छन्।

सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ भने सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।

प्रतियोगितामा नेपालको खेल पनि भोलि छ। अगस्ट १५ मा नेपालले नर्दन टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ।

यो प्रतियोगिता नेपालले आसन्न टि–२० विश्वापको एसिया छनोटको तयारीका लागि खेल्न लागेको हो।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप–कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख ,भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम, साहब आलम ।