सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

नेपालले होबर्ट होरिकेन्सलाई दियो १८१ रनको लक्ष्य, डिफेन्ड गर्ला?

अस्ट्रेलियामा जारी टप इन्ड टि–२० सिरिजको चौथो खेलमा नेपालले होबर्ट होरिकेन्सलाई १८१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। डर्विनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८० रन बनायो।

अन्त्यतिर लोकेश बमले विस्फोट पारी खेलेपछि नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो। उनले ११ बलमा ३ चौका र १ छक्का मद्दतमा २५ रन बनाए। यसअघि कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाए।

यी दुईले पहिलो विकेटका लागि ३४ बलमा ४९ रनको साझेदारी गरेका थिए। जसमा कुशलले २० बलमा २७ रन बनाउँदा आसिफले २८ बलमा २९ रन बनाए। यस्तै, आरिफ सेखले २६ बलमा ३३, भीम सार्कीले १८ बलमा १८ रन बनाए।

बलिङमा होरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलानले समान २ विकेट लिए।

सेयर गर्नुहोस्

1.3KShares