सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

अस्ट्रेलिया जाने नेपाली क्रिकेट टिमको बिदाई

टप इन्ड टि२० सिरिज क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको नयाँ जर्सी सर्वाजनिक कार्यक्रममै अष्ट्रेलियामा हुने प्रतियोगिताका लागि टिमको बिदाई गरेको हो।

नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे।

नेपाली टिमले आसन्न आईसिसी टि २० विश्वकपको छनोटको तयारीका लागि अगष्ट १४ देखि २४ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो।

११ टिम सहभागी प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशको ए टिम पनि सहभागी हुने छन्। जहाँ नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले पहिलो खेल १५ अगस्टमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ भने १६ अगस्टमा बंगलादेश ‘ए’ सँग खेल्ने छ। यस्तै, नेपालले १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबर्ट हुरिकेन्स, २० अगस्टमा मेलबर्न रेनिगेट्स र २२ अगस्टमा पाकिस्तान साहिन्ससँग खेल्ने छ।

लिग चरणका शीर्ष ४ टिम सेमिफाइनल पुग्नेछन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुल्शन झा, आरिफ सेख, भीम सार्की, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, रुपेश सिंह, र शाहब आलम।

1.3Kशेयर