सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपालले युएईसँग टियू रंगशालामा फ्लर्ड लाइटमा टि-२० खेल खेल्ने

नेपाल र युएईबिचको अन्तर्राष्ट्रिय खेल त्रिवि क्रिकेट मैदानको फ्लड लाइटमा हुने भएको छ। शुक्रबार क्यानले युएईसँगको खेल त्रिवि मैदानमा हुने जनाएको छ।

खेल साँझ ५ बजे हुनेछ। क्यानका अनुसार नेपालले अप्रिल २० र २१ गते युएईसँग टी २० खेल खेल्दै छ।

त्रिविका फ्लड लाइट जडानपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल साँझमा हुन लागेको हो। पछिल्लोपटक क्यानले नेपाल प्रिमियर लिग फ्ड लाइटमा आयोजना गरेको थियो।

युएईसँगको खेलपछि मात्रै नेपालले युएई, ओमान सम्मिलित आइसिसी पुरुष क्रिकेट लिग–२ का खेल खेल्नेछ । यो शृंखला २५ अप्रिलबाट ५ मेसम्म हुनेछ।

नेपालले फेरि १२ मेदेखि स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग–२ कै शृंखला खेल्ने तालिका छ । २२ मेसम्म हुने खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

1.3Kशेयर