टियू मैदानको स्तरोन्नतिमा प्रधानमन्त्रीको चासो

25 Jul, 2024
Share:
117 Shares

प्रधानमन्त्री केपी ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालसँग उक्त रंगशाला निर्माणबारे छलफल गरेको ओलीले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो। रंगशालामा प्याराफिट, रात्रिकालीन खेलका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ।

यो कामका लागि सरकारले तीन सय दिनको समय सीमा निर्धारण गरेको छ।

कुलपति एवं प्रधानमन्त्री ओलीसँग विश्वविद्यालयका पदाधिकारीले त्रिविसभाको आगामी बैठक र ग्रेसलिष्टबारे पनि छलफल गरेका थिए।