टियू मैदानमा फ्लडलाइट र प्यारापिट बोलपत्र आव्हान

20 Dec, 2024

कीर्तिपुरस्थित टियू मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज बोलपत्र आह्वान गरेको हो।

यसअघि २ पटक फ्लडलाइट निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो। कुनै पनि कम्पनीले निवेदन नहालेपछि दुवै पटक बोलपत्र रद्द गरिएको थियो।

बोलपत्रमा प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत तोकिएको छ।

आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म प्यारापिटका लागि २० र फ्लडलाइटका १० हजार रुपैयाँ तिरेर बोलपत्र हाल्न सकिने छ।

सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटममै फ्लडलाइट जडानका लागि १० करोड छुट्याइएको थियो। तर, रकम खर्च हुन सकेको थिएन। यो आर्थिक वर्षमा फ्लडलाइटका लागि २० करोड विनियोजन भएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]