त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण सुरु

4 Mar, 2025
Share:
117 Shares

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माण सुरु भएको छ।

मंगलबार पूजाआजा गरी अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण थालिएको छ।

सम्पूर्ण निर्माण सामग्रीहरु त्रिवि मैदानमा ल्याइएको छ। बुधबारबाट औपचारिक रुपमा काम सुरु हुनेछ।

प्यारापिट निर्माणकोको जिम्मा द्यप्इक्ष्(प्ऋम्ऋ(द्यन् जेभीले पाएको छ। उसको ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ।

आगामी वैशाख २४ गतेसम्म काम सक्ने गरी लक्ष्य रहेको कम्पनीले जनाएको छ।

यस्तै, फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण–ईश्वरी जोइन्ट भेन्चरले पाएको छ। फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ।