यू–१६ अन्तर स्कुल क्रिकेटको उपाधिका लागि मोक्षदा र सैनिक स्कुल भीड्ने

11 May, 2024

जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि मोक्षदा स्कुल र सैनिक महाविद्यालय भीड्ने भएका छन्।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा मुलपानी क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा शनिबार भएका सेमिफाइनलमा जित निकाल्दै मोक्षता र सैनिक स्कुलले उपाधि भीडन्त पक्का गरेका हुन्।

फाइलनमा पुग्ने क्रममा मोक्षदाले डिएभि स्कुललाई १२ रनले हरायो। मोक्षताले दिएको १०५ रनको लक्ष्य पछ्याएको डिएभी स्कुल ९३ रनमै अलआउट भयो।

मोक्षदाका लागि अभि राजपुतले २०, संयम नेपालले १९ र इशान साहले १७ रन बनाए। बलिङमा डिएभीका केशव अग्रवालले २ विकट लिए।

ब्याटिङमा डिएभीका रौनक मिश्रले २६ र प्रशन्न पौडेलले २० रन बनाउँदा अन्यले गतिलो योगदान दिन सकेनन्। डिएभीलाई सस्तैमा समेट्न मोक्षदाका सौर्य सिंहले ५ रन मात्र खर्चेर ५ विकेट लिए।

यस्तै, सैनिक स्कुल एन्जल हर्ट्स स्कुललाई ८८ रनको फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]