यू-१६ राष्ट्रिय क्रिकेट जेठ १९ बाट सुर्खेतमा हुने

28 May, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान) यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।

क्यानले बुधबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता जेठ १९ गते कर्णाली प्रदेशको सुर्खेतमा सुरु छ। यो प्रतियोगिता क्यानको वार्षिक क्यालेन्डरमै समावेश छ।

उद्घाटन खेलमा १९ गते कालुनचोक मैदानमा कर्णाली र मधेश प्रदेश खेल्ने छन् भने विरेन्द्रनगरमा सुदूरपश्चिम र कोशी खेल्ने छन्।

जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेशका ७ टिम सहभागी हुनेछन्। प्रतियोतिगाका खेलहरु कालुनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा प्रत्येक दिन २ खेल हुनेछ। त्यसपछि शीर्ष दुई टिमबीच उपाधिका लागि भीडन्त हुन्छ ।