नरेन भट्ट बने यू–१९ टिमको कप्तान, विश्वकप छनोटका लागि १८ सदस्यीय प्रारम्भिक टिम घोषणा

17 Mar, 2025
Share:
117 Shares

नेपाली यू–१९ क्रिकेट टिमको कप्तानी नरेन भट्टले गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न आइसिसी यू–१९ विश्वकप एसिया छनोटका लागि नरेन भट्टलाई कप्तान बनाएको हो।

यस्तै, क्यानले अभिषेक तिवरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ।

क्यानले घरेलु मैदानमै हुने विश्वकप छनोटका लागि क्याम्पमा रहेका खेलाडीबाट १८ सदस्यीय प्रारम्भिक टिम पनि छनोट गरेको छ।

अफगानिस्तानसँग एकदिवसीय सिरिज खेलेपछि क्यानले यू–१९ विश्वकप छनोटका लागि १४ सदस्यीय अन्तिम टिम घोषणा गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन्।

अफगानिस्तानसँगको सिरिज तीन खेलको हुनेछ। जसको पहिलो खेल अप्रिल ३ मा हुनेछ भने दोस्रो खेल अप्रिल ६ र अन्तिम खेल अप्रिल ९ मा मुलपानी क्रिकेट मैदानमा हुनेछ।

यू–१९ विश्वकपको एसिया छनोट आगमी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने छ। जसमा अफगानिस्तानसँगै हङकङ, ओमान र युएई सभागी छन्।

१८ सदस्यीय टिम : नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उपकप्तान), साहिल पटेल, विपिनकुमार शर्मा, दर्श सोनार, दिलसाद अली, दयानन्द मण्डल, अशोक धामी, सिविन श्रेष्ठ, अरविन्द घर्ती, युवराज खत्री, नितेश पटेल, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, अप्राजित पौडेल, सोहेल कुँवर, सन्तोषकुमार यादव र अमर मिश्र।