यू–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

9 Apr, 2025
Share:
117 Shares

घरेलु मैदानमा आयोजना हुने यू–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार साँझ नेपाली टिम घोषणा गरेको हो।

मुख्य प्रशिक्षक शक्ति गौचनले वीरगञ्जमा भएको दिल्लीको यू–१९ टिम र मुलापनीमा जारी अफगानिस्तानविरुद्धको सिरिजमा गरेको प्रदर्शनलाई मूल्यांकन गर्दै विश्वकप छनोटका लागि १४ सदस्यीय टिम घोषणा गरेका हुन्।

कप्तानको जिम्मेवारी नरेन भट्टले पाएका थिए। क्यानले यसअघि प्रारम्भिक टिम घोषणा गर्दा नै नरेनलाई कप्तान बनाउन घोषणा गरिसकेको थियो।

अप्रिल १३ गतेदेखि हुने विश्वकप छनोटमा नेपालले पहिलो दिन नै युएईसँग खेल्ने छ। नेपालले दोस्रो खेल अप्रिल १४मा ओमान, अप्रिल १६ मा हङकङ र अन्तिम खेल अफगानिस्तानसँग अप्रिल १९मा हुनेछ।

नेपाली टिम : नरेन भट्टा (कप्तान), अविषेक तिवारी, निरजकुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल,युवराज खत्री र विपिन शर्मा।