
गुल्सनको स्थानमा देव खनाल बने यू–१९ टिमको कप्तान
Read Time:1 Minute
देव खनाल नेपाली यू–१९ क्रिकेट टिमको कप्तान बनेका छन्। यसअघि कप्तान घोषणा गरिएका फास्ट बलर गुल्स झा सिनियर टिममा रहने भएपछि देव खनाललाई कप्तान बनाइएको हो।
यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।
यू–१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यू–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्ये एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।