यू १९ विश्वकपमा छनोट भएको नेपाली टिमलाई जनही १ लाख दिने क्यानकाे घाेषणा

Read Time:1 Minute

८ वर्षपछि यू–१९ विश्वकप छनोट भएको नेपाली टिमलाई क्यालने नगद पुरस्कार दिने भएको छ। युएईमा भएको एसिया छनोटको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएलगत्तै क्यानले नेपाली टिमका प्रत्येक सदस्यले १ लाख रुपैयाँ दिने घोषणा गरेको हो।

युएईमा आज भएको छनोटको अन्तिम खेलमा नेपालले युएईमाथि सनसनीपूर्ण ७ रनको जित निकालेको थियो। युएईलाई ३ ओभरमा जितका लागि ११ रन चाहिएको अवस्थामा ४७औं ओभारमा स्पिनर दीपेश कँडेलले ह्याट्रिक गर्दै नेपाललाई यू–१९ विश्वकपमा छनोट गराएका थिए।

क्यानले समाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेको हो । क्यानले नेपाली टिमलाई बधाई तथा धन्यवाद दिँदै क्यानले युवा खेलाडीहरुलाई थप हैसला प्रदान गर्न आवश्यक सहयोग सरकारसँग आग्रह पनि गरेको छ।

यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सबै ६ खेल जित्दै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको हो।

Happy
Happy
78 %
Sad
Sad
0 %
Excited
Excited
22 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालको खराब ब्याटिङ, युएईसँग ६८ रनले पराजित
Next post ए डिभिजन लिग आजबाट, खुमलटार र फ्रेन्ड्स भीड्ने
Close