नेपाली यू–१९ टिमले हङकङसँग एकदिवसीय सिरिज खेल्ने, अविशेककाे कप्तानी टिम घाेषणा

10 Dec, 2024
Share:
117 Shares

नेपाली यू–१९ टिमले हङकङसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। सिरिज ३ खेलको हुनेछ।

नेपाल र हङकङबीचको सिरिज मुलपानी क्रिकेट मैदानमा डिसेम्बर १६ देखि २० सम्म हुने नेपाली क्रिकेट संघ (क्यान) जनाएको छ।

क्यानले तालिका भने सर्वाजनिक गरेको छैन।

क्यानले मंगलबार नै अविशेक तिवारीको कप्तानीमा १५ सदस्यीय नेपाली टिम घोषणा गरेको छ। क्यानले जारी नेपाल प्रिमियर लिगमा नपरेका खेलाडीलाई टिममा राखेको छ।

अघिल्लो साता मात्र युएईमा भएको यू–१९ एसिया कप खेलका ५ खेलाडी पनि टिममा छन्।

नेपाली टिम ः अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, सौजनप्रसाद घिमिरे, सुर्यान्सु कोइराला, राजेश बोहोरा, अप्राजित पौडेल, सन्तोष यादव, निरजकुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट।