यू-१९ महिला एसिया कपका लागि पूजाको कप्तानीमा नेपाली टिमको घोषणा

10 Dec, 2024
Share:
117 Shares

एसिसी यू–१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले पूजा महतोको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

टिममा उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनले पाएकी छिन्। टिममा विश्वकप छनोट खेलेको खेलाडी नै निरन्तता पाएका छन्।

यू–१९ महिला एसिया कप मंसिर डिसेम्बर १५ देखि २२ सम्म युएईमा हुँदैछ। प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र मलेसिया सहभागी छन्।

प्रतियोगितामा नेपाल भारत र पाकिस्तासँगै समूह बीमा छ। नेपालले पहिलो खेल पाकिस्तानसँग डिसेम्बर १६मा खेल्ने छ। यस्तै, भोलिपल्टै दोस्रो खेल भारतसँग खेल्ने छ।

गत कात्तिकमा युएईमा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो। सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो।

नेपाली टिमः पुजा महतो, सोनी पाख्रीन, साना प्रवीन, ज्योत्सिका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत।