सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपालले दियो बंगलादेशलाई ५३ रनको झिनो लक्ष्य

मलेसियामा जारी यू–१९ महिला टि–२० विश्वकपको पहिलो खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। बांगीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल बंगलादेशलाई ५३ रनको झिनो लक्ष्य दिएको छ।

नेपाल १८.२ ओभरमा ५२ रनमै अलआउट भयो । नेपालका लागि २ खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। ओपनर साना प्रविनले ३२ बलमा सर्वाधिक १९ रन बनाउँदा सिमना केसीले १६ बलमा १० रन बनाइन्। अन्यले भने गतिलो योगदान दिएनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका लागि जन्नातुल मौवाले २ तथा अनिशा सोबा, फहोमिदा चोया र निशिता निशीले समान १ विकेट लिए। नेपालले ५ विकेट रनआउटमा गुमाएको थियो।

सेयर गर्नुहोस्

1.2KShares