जितका साथ सकियो नेपालको यू–१९ महिला विश्वकप यात्रा

24 Jan, 2025
Share:
117 Shares

नेपाली यू–१९ महिला टिमले विश्वकपमा सुखद् अन्त्य गरेको छ। शुक्रबार मलेसियामो खेलमा प्लेअफ खेलमा जित निकाल्दै नेपालले विश्वकपमा सुखद् अन्त्य गरेको हो।

जोहोर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको जित निकाल्यो। मलेसियाले दिएको ४६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २३ रन बनाउँदा ज्योत्स्निका मरासिनीले ७, सिमना केसीले ४, सावित्री धामीले ३ र साना प्रविनले १ रन बनाए। बलिङमा मलेसियाका मार्स्याले नै तीन विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया १६।५ ओभरमा ४५ रनमै अलआउट भयो। उसका लागि नुरुमनले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा नेपालका कप्तान पुजा महताले सर्वाधिक ४ विकेटठ लिए भने रचना चौधरीले ३ र रिया शर्मा तथा सिमना केसीले समान १ विकेट लिए।

यसअघि नेपाल समूह चरणमा लगातार तीन खेलमा पराजित हुँदै सुपर सिक्समा पुग्न असफल भएको थियो।