यू–१९ महिला विश्वकपको पहिलो खेलमा नेपालले टस हार्‍यो, पहिला ब्याटिङ गर्ने

18 Jan, 2025

नेपालले यू–१९ महिला टि–२० विश्वकपको डेब्यू खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।

मलेसियको बांगीमा हुने खेलमा बंगलादेशले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो। खेल सवा १२ बजे सुरु हुनेछ।

नेपालको महिला क्रिकेट टिमकै यो आईसिसीको डेब्यू प्रतियोगिता हो। नेपलाको कप्तानी पुजा महतोले गरिरहेकी छिन्।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो।

नेपाली टिम : पुजा महतो, सोनी पाख्रिन, साना प्रविन, ज्योत्स्निक मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरणकुमारी यादव, रिया शर्मा, रचना चौधरी ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]