सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

यू–१९ विश्वकपमा पाकिस्तानको सामना गर्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औं संस्करणमा नेपालले केहीबेरपछि पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

नेपाल रहेको समूह ुडीु मा न्युजिल्यान्ड र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ । यी राष्ट्र नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी हुन् । त्यसमा पाकिस्तान दुई पटकको विजेता हो । यू–१९ मा नेपालका लागि यी कुनै नौला प्रतिद्वन्द्वी होइनन् ।

समूह चरणमा खेल्ने टोलीसँग नेपाल परिचित छ । तर ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा नेपाल जितविहीन हुने त होइन भन्ने पनि छ । किनभने समूहका अन्य तीन टोलीको स्तर नेपालभन्दा माथि छ ।

1.3Kशेयर