सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

चलेन नेपालकाे ब्याटिङ, पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

EAST LONDON, SOUTH AFRICA – JANUARY 24: Gulshan Jha of Nepal bats ahead of wicketkeeper Saad Baig of Pakistan during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between Nepal and Pakistan at Buffalo Park on January 24, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपाल अन्तिम बलमा १९७ रनमा अलआउट भयो।

राम्रो सुरुआतग गरेपनि मिडल अर्डनर चल्न नसक्दा नेपालमा सानमान्य योगफलमा समेटियो। १७ ओरभमा २ विकेटको क्षतिमा ८० बनाएको नेपाल कप्तान देव खनाल आउट भएपछि निरन्तर दबाबमा परेको थियो।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३८ रन बनाए। उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, दीपक डुम्रेले ५८ बलमा २६ रन बनाउँदा देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सान झाले १८ र आकाश चन्दले १६ रनको योगदान दिए।

नेपालका इनिङ धरासायी बनाउने क्रममा अराफात मिन्हासले ३ तथा उवेद साह र अहमद हुसैनले समान २ विकेट लिए।

1.3Kशेयर