यू-१९ विश्वकप छनोट : नेपाल र अफगानिस्तानको निर्णायक खेल वर्षाले प्रभावित

19 Apr, 2025

काठमाडाैं, वैशाख ६ यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानको आज हुने भनिएको निर्णायक खेल वर्षाले प्रभावित भएको छ।

विहान साढे ९ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण अहिलेसम्म हुन सकेको छैन। मुलपानी क्षेत्रमा बिहानैदेखि वर्ष भएपछि खेल प्रभावित भएको हो।

तर, पछिल्लो १ घण्टा भन्दाबढी समयदेखि वर्षा रोकिएका छ। तर, अहिलेसम्म खेलका बारेमा नयाँ अपटेड आएको छैन।

दिउँसो पनि वर्षाको सम्भावना रहेकाले खेल अन्योलमा परेको छ।

नेपाल र अफगानिस्तान दुवैले समान ३ खेल जितेको छ। तर, रनरेटमा अफगानिस्तान अगाडि रहेकाले वर्षाले खेल नभए नेपालका लागि ठूलो घाटा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]