आईसिसी यू–१९ विश्वकप छनोट नेपालमा हुने

17 Aug, 2024
Share:
117 Shares

सन् २०२६मा जिम्बाबे र नामिबियामा आयोजना हुने आईसिसी यू–१९ विश्वकपको एसिया छनोट नोपलमा हुने भएको छ।

एसियन क्रिकेट काउन्सिलले एसिया छनोटको जिम्मेवारी नेपाललाई दिएको हो। एसिया छनोट आगामी अप्रिल १२ देखि २१ गतेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

एसिया छनोटमा नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागी हुने क्यानले जनाएको छ।

छनोटको विजेता जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ।

यसअघि यूएईलाई पराजित गर्दै नेपालले दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। जसमा नेपाल दोस्रो चरणसम्म पुगेको थियो।

तर, यो पटक टेस्ट राष्ट्र अफगानिस्तान पनि छनोटमा रहेकाले नेपाललाई छनोट पार गर्न निकै कठीन देखिएको छ।