इंग्ल्यान्डलाई हराउँदै भारतले जित्यो यू–१९ विश्वकप

Read Time:1 Minute

यू–१९ विश्वकपको उपाधि भारतले जितेको छ। इंग्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक विश्वकपको उपाधि जितेको हो। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि जितेको हो।

भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतक बनाए।

भारतका लागि राशिदले ८४ बलमा ५० तथा सिन्धुले ५४ बलमा ५० रनमा नटआउट रहे। त्यसैगरी राज बावाले ३५, हार्नुर सिंहले २१ तथा कप्तान धुलले १७ रन जोडे।इंग्ल्याण्डका जोस्ना बोयडेन, जामेश सेल्स र तोमास आस्पिनवालले समान २–२ विकेट लिए।

यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४।५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो।

उसका लागि जामेश रेउpले सर्वाधिक ९५ रन जोडे। त्यसैगरी, जामेश सेल्सले ३४, जर्ज थोमसले २७ रन बनाए।

भारतका लागि राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ विकेट हात पारे। थप विकेट कौशल ताम्बेले लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अफ्रिका नेसन्स कपमा क्यामरुन तेस्रो
Next post टिम छान्न एनएसएलको अक्सन शुक्रबार
Close