युएईलाई हराउँदै बंगलादेशले जित्यो यू–१९ एसिया कप उपाधि

17 Dec, 2023

यू–१९ एसिया कपको उपाधि बंगलादेशलले जितेको छ। दुबईमा आइतबार भएको फाइलनमा घरेलु टोली युएईलाई १९५ रनको फराकिलो अन्तरले हराउँदै बंगादेशले पहिलो पटक यू–१९ एसिया कप उपाधि जितेको हो।

पहिला ब्याटिङ गर्दै बंगलादेश दिएको २८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमै अलआउट भयो। उसका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके।

ध्रुव परासरले सर्वाधिक २५ रन बनाए। उनले ४० बलमा २ चौका प्रहार गरे। यस्तै, ओपनर अक्शद रायले ११ रन बनाए।

युएईको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३ विकेट लिए भने शेख परवेज जिवोन र इक्बाल हुसेन इमोनले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ओपनर ब्याटर आशिकुर शिब्लीले शतक मद्दतमा ८ विकेटको क्षतिमा २८२ रन बनायो। शिब्लीले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै १२९ रन बनाए।,

यस्तै, चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान महफुजुर रवीले २१ रन बनाए। यूएईका लागि अम्यान अहमदले सर्वाधिक ४ विकेट लिए भने ओमिद रहमानले २ विकेट लिए।

पहिलो पटक फाइलन पुग्ने क्रममा युएईले सेमिफाइलनमा पाकिस्तानलाई हराएको थियो भने बंगलादेशले भारतलाई स्तब्ध बनाएको थियो।