एसिया कप खेल्ने यू–१९ टिमकाे बिदाई, आजै युएई जाने

नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कप खेल्ने नेपाली टिमको बिदाई गरेको छ। क्यानले सोमबार एक कार्यक्रम आयोजना गर्दै युएईमा आयोजना हुने प्रतियोगिताका लागि नेपाली टिमको बिदाई गरेको हो।

यू–१९ टिमलाई खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिदाई गर्ने कार्यक्रम थियो । तर, मन्त्री गहतराज कार्यक्रम सकिनै लाग्दा मात्र कार्यक्रममा पुगे । र, उनले ढिलो आएकोमा माफी माग्दै टिमलाई शुभकामना दिए । उनले भने, ‘नेपालमा क्रिकेटको भविष्य राम्रो छ । यसपटक पनि दुबईमा राम्रो खेल्नुहुन्छ भन्ने आशा छ।’

नेपाली टिम आजै युएई प्रस्थान गर्ने छ। समूह बीमा रहेको नेपालले डिसेम्बर २३मा टेष्ट राष्ट्र बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यो समूहमा नेपाल र बंगलादेशसँगै श्रीलंका र कुवेत छन्। नेपालले दोस्रो खेल डिसेम्बर २६ मा श्रीलंकासँग खेल्ने छ भने २८ डिसेम्बरमा कुवेतसँग खेल्नेछ।

समूहको शीर्ष दुईमा रहन सके नेपाल सेमिफाइनलमा पुग्ने छ। समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान, युएई छन् ।

नेपाली टिम ः देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी ।

Facebook Comments Box