कोहलीलाई पक्राउ गर्न माग गर्दै मद्रास उच्च अदालतमा मुद्दा

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीविरुद्ध रिट दायर भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटका नम्बर ब्याट्सम्यान कोहलीविरुद्ध मद्रास उच्च अदालतमा शुक्रबार रिट दायर भएको हो ।

चेन्नाईका एक वकिलले अनलाइन जुवालाई बढाएको भन्दै कोहलीविरुद्ध मद्रास उच्च अदालतमा रिट दायर गरेका हुन् । विराटसँगै उनले अभिनेत्री तमन्ना भाटियाविरुद्ध पनि सोही आरोपमा रिट दायर गरेका छन् । उनले दुवैलाई गिरफ्तान गर्न पनि माग गरेका छन् ।

ति वकिलले उच्च अदालत समक्ष अनलाइन जुवामा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले भर्खरै अलाइन जुवाकै कारण आत्महत्या गरेको बताएका हुन् । रिटमा ती युवाले अनलाइन जुवा खेल्नका लागि लिएको ऋण तिर्न नसकेर आत्महत्या गरेको उल्लेख छ ।

युवाहरुमा अनलाइन जुवाको आदत बढिरहेको र अनलाइन जुवा कम्पनीहरुले विराटन र तमन्ना जस्ता स्टाहरुलाई युवाहरुको ‘व्रेनवास’ गर्न प्रयोग गरिरहेको रिटमा उल्लेख छ । विराटसहित केही स्टारहरु एक अनलाइन गेम्सको विज्ञापनमा देखिएका थिए ।

रिटमा तमिलनाडुमा अनलाइन जुवाकै करण आत्महत्या गर्नेको संख्या बढिरहेको उल्लेख छ । अनलाइन जुवामा धेरै पौसा हारेपछि आत्महत्या गर्ने बढेको बताइएको छ । युवाहरुले अनलाइन जुवा खेल्न महँगो ब्याजदरमा पैसा ऋण लिने र तिर्न नसकेपछि आत्महत्या गर्ने गरेको उल्लेख गरिएको छ ।

उक्त रिटमा अनलाइन गेमलाई ‘ब्लु व्हेल गेम’सँग तुलना गरिएको छ । ‘ब्लु व्हेल गेम’का कारण पनि धेरै युवाले आत्महत्या गरेका थिए । यो मुद्दाको फैसला आगामी मंगलबार हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *