उत्कृष्ट बलिङ गर्दै नेपालले थाइल्यान्डलाई १०६ रनमै रोक्यो, पछ्याउला त १०७ रनको लक्ष्य?

4 Feb, 2025
Share:
117 Shares

त्रिकोणात्मक महिला टि-२० सिरिजको चौथो खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनमै रोकेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले नेपालको कसिलो बलिङ सामू २० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन मात्र बनाउन सक्यो।

थाइल्याण्डका लागि चनिदा सुथिराङले सर्वाधिक २७ रन बनाउँदा थिपाथ्चा पूथावोङले २५ रन बनाइन्। दुवै नटआउट रहे। यस्तै, नानपत कोन्चारोन्काइले १९ रन बनाइन्।

नेपालले बलिङ मार्फत उत्कृष्ट सुरुआत गरेको थियो। थाइल्यान्ड ५६-६ को दाबबपूर्ण अवस्थामा पुगेको थियो। तर त्यसपछि चनिदा र थिपाथ्चा अर्धशतकीय साझेदारी गर्दै थाल्यान्डको पारी उकासेका थिए।

बलिङमा नेपालका मनिषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने पुजा महतो र रचना चौधरीले समान १ विकेट लिए।

नेपाल पहिलो ३ खेलमा पराजित भइसकेको छ। थाइल्यान्डसँगको यसअघिको खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो। त्यसबाहेक नेपाललाई नेदरल्यान्ड्सले दुई खेलमा क्रमशः २० र १५ रनले पराजित गरेको थियो।

थाइल्यान्डले खेलेको सवै ३ खेल जितेको छ । नेपालले थाइल्यान्डलाई २०११ यता पराजित गर्न सकेको छैन।