सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

उत्कृष्ट प्रदर्शन गर्ने महिला क्रिकेटरलाई नगद पुरस्कार घोषणा

आईसीसी महिला टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

अमरावतीका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले उक्त पुरस्कार घोषणा गरेका हुन् । प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए । महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरिएको श्रेष्ठले बताए । उनले महिला क्रिकेट विकास र खेलाडीको मिहिनेत र प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदानको आवश्यकता औंल्याए ।

आईसीसी महिला टी–२० विश्वकप छनोट आइतबार सुरु हुँदै छ । १० राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले जनवरी १८ मा थाइल्यान्ड, जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बावे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्ने छ ।

1.3Kशेयर