सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

एसिया कप महिला क्रिकेटका लागि नेपालको प्रारम्भिक टिम घोषणा, दीपेन्द्रकी बहिनी पनि टिममा

2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

एसिया कप महिला क्रिकेटका लागि नेपालको प्रारम्भिक टिम घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारमिभक टिम घोषणा गरेको हो।

क्यानले घोषणा गरेको प्रारम्भिक टिममा राष्ट्रिय टिमका चर्चित अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरी पनि परेकी छिन्। एपिएफबाट व्यवसायिक क्रिकेट खेल्ने राजमतीले ललितपुर मेयर्स कप महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि टिममा स्थान बनाएकी हुन्।

एसिया कप श्रीलंकामा जुलाई १९ बाट २८सम्म अयोजना हुनेछ। जसमा नेपाल समूह एमा भारत, पाकिस्तान र युएईसँगै छ।

नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा यूएईसँग खल्ने छ र अन्तिम खेल जुलाई २३मा भारतसँग खेल्ने छ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्।

प्रारम्भिक नेपाली महिला टिम

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा, सबनम राई रुबी पोद्दार (विकेटकिपर), खुशी डंगोल,लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, ममता चौधरी, यशोदा बिष्ट, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, हेलिशा गुरुङ।

267शेयर