स्वदेश फर्कियाे नेपाली महिला क्रिकेट टोली

25 Jul, 2024
Share:
117 Shares

एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमस्वदेश फर्किएको छ।

श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार दिउँसो स्वदेश फर्किएको हो। नेपाली टिमलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए।

नोपलले समूह चरणका तीन खेलमा एक जित र दुई हारको सामाना गरेको थियो । नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्यो।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो। यो नेपाली महिला टिमको एसिया कपको पहिलो जित थियो। यसअघि २ एसिया कप खेले पनि नेपाली जितबिहीन थियो।

दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो। नेपाल रहेको समूहका भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।