सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

युगान्डा भ्रमणका लागि महिला क्रिकेट टिमको घोषणा, २ नयाँ अनुहार, अरु को-को छन् टिममा?

2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

आसन्न युगान्डा भ्रमणका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार अपरान्ह युगान्डा भ्रमणका लागि इन्दू बर्माको कप्तानीमा टिम घोषणा गरेको हो।

क्यानले २ नयाँ अनुहारलाई समेट्दै १५ सदस्यीय टिम घोषणा गरेको हो। क्यानले घोषणा गरेको टिममा यू १९ विश्वकप खेलेका २ खेलाडीले पहिलो पटक सिनियर टिमम स्थान बनएका छन्।

ओपनर साना प्रविन र बलर रिया शर्माले सिनियर टिममा पहिलो पटक स्थान बनाएका हुन्। यू१९ टिमकै पुजा महतो, अलिशाकुमारी यादव र रचना चौधरी पनि टिममा छन्। उनीहरु यसअघि पनि सिनियर टिममा थिए।

नेपालले युगान्डामा चार देश सम्मिलित टि२० सिरिज खेल्ने छ। जसमा नेपाल र युगान्डासँगै हङकङ र नामिबिया छन्।

मार्च ८ देखि १६ सम्म आयोजना हुनेछ। सिरिजन डलब राउन्ड रोबिनका आधारमा हुनेछ। सिरिजको सेड्युल भने सार्वजनिक भइसकेको छैन।

नेपाललै एक महिनाभित्रै दोस्रो अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो। नेपालले अघिल्लो महिना मात्र घरमै नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो। तर, खेल सो सिरिजमा जितबिहीन बनेको थियो।

नेपाली टिम : इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना छेत्री, अलिशाकुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रवीण, ईश्वरी बिष्ट।

सेयर गर्नुहोस्

1.2KShares