मेयर कप महिला क्रिकेटमा बागमतीमाथि एपिएफको जित

13 May, 2024

काठमाडौंमा जारी ललितपुर मेयर्स कप राष्ट्रिय महिला क्रिकेटमा एपिएफ क्लब विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८ विकेटले हरायो।

प्रतियोगितामा एपिएफको यो लागतार दोस्रो जित हो भने बागमतीको लागतार दोस्रो हार हो। पहिलो एपिएफले कोशी प्रदेशलाई हराउँदै बागमती आयोजक ललितपुर ११ सँग पराजित भएको थियो।

पहिला ब्याटिङ गर्दै बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

उसका लागि ममता चौधरीले सर्वाधिक ३५ रन बनाउँदा इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमती ऐरीले अविजित १० रन बनाइन्। बागमतीका लागि खुशी डंगोलले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । उसका लागि हेनिशा गुरुङले ३१ र खुशी डंगोलले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा एपिफका लागि करुणा भण्डारीले ४ विकेटठ लिइन् भने कप्तान सीता रानामगरले २ विकेट लिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]