विश्वकपका लागि नेपाली क्रिकेट टिमको जर्सी सार्वजनिक

5 Jan, 2026
Share:
117 Shares

नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाली क्रिकेट टोलीले आसन्न टी–२० विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको हो।

नेपाली राष्ट्रिय पुरुष टोलीले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा अब नया जर्सी लगाएर खेल्नेछ भने नेपाली महिला टोलीले पनि अर्को साता देखि घरेलु मैदानमै आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नयाँ जर्सी लगाउनेछ।

कार्यक्रममा महिला तथा पुरुष क्रिकेटरहरूलाई शुभेच्छासहित सम्मान पनि गरिएको थियो।

भारतीय खेल पोसाक उत्पादन कम्पनी टी–१० ले निर्माण गरेको नेपाली क्रिकेटको जर्सीको आधिकारिक अपारेल पार्टनरमा भाटभटेनी होल्डिङ प्राली छ ।

नयाँ ओरिजिनल जर्सीको मूल्य ३४९९ रुपैयाँ तोकिएको छ भने रेप्लिका कपी जर्सीको मूल्य १५९९ रुपैयाँ तोकिएको छ । त्यस्तै फ्यान जर्सीको मूल्य ७९९ रुपैयाँ तोकिएको छ ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा नेपाल समूह सीमा छ। यस समूहमा इंग्ल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटली छन् । नेपालले आफ्नो समूहको चारवटै खेल मुम्बईमा खेल्नेछ।