नेसन्स लिग क्वार्टरफाइनल : जर्मनी र इटाली तथा स्पेन र नेदरल्यान्ड् भीड्ने

22 Nov, 2024

युईएफए नेसन्स लिगको क्वार्टरफाइलनको ड्रा सार्वजनिक भएको छ। युईएफएले शुक्राबार साँझ ड्रा सार्वजनिक गरेको हो।्

सार्वजनिक ड्रअनुसार हेविभेट टिमहरू जर्मनी र इटाली भीड्ने छन् भने डिफेन्डिङ च्याम्पियन तथा स्पेन र नेदरल्यान्ड्स क्वार्टरफाइनलमै भीड्ने भएका छन्।

यस्तै, पहिलो संस्करणको विजेता पोर्चुगलले डेनमार्कलाई प्रतिद्वन्द्वी पाउँदा अर्को क्वार्टरफाइनलमा फ्रान्स र क्रोएसिया भिड्नेछन्।

क्वार्टरफाइनल डबल लेगको हुनेछ। पहिलो लेग मार्च २० र दोस्रो लेग मार्च २३मा हुनेछ।

पहिलो सेमिफाइनलमा जर्मन र इटाली तथा पोर्चुगल र डेनमार्कबीचको विजेता भीड्ने छन् भने अर्को सेमिफाइनलम स्पने र नेदरल्यान्ड्स तथा फ्रान्स र क्रोएसियाबीचको विजेता भीड्ने छन्। सेमिफाइनल जुन ४ र ५मा हुनेछ।

यस्तै, फाइनल जुन ८मा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]