रियल सुपर कपको फाइनलमा, उपाधि भीडन्त बार्सिलोनासँग

10 Jan, 2025
Share:
117 Shares

डिफिन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

बिहीबार राति साउदी अरेबियास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलका रियल मायोर्कामाथि ३–०को जित निकाल्दै रियल फाइनलमा पुगेको हो।

योसँगै स्पेनिस सुपरकपको फाइनल एल क्लासिको हुने पक्का भएको छ। रियलले उपाधि भीडन्तमा चरिपरिचित प्रतिद्वन्द्वी बार्सिालेनाको सामाना गर्ने छ। फाइनल आइतबार राति हुनेछ।

रियलको जितमा जुड बेलिङघम र रोड्रिगोले गोल गरे भने एक गोल आत्मघाती भयो। सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा ६३औं मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा मायोर्काका डिफेन्डर मार्टिन भालेन्टले आफ्नै पोस्टमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो।

इन्जुरी समयको पाँचौं मिनेटमा रोड्रिगो कप्तान लुकास भास्क्वेजको पासमा गोल गरेपछि रियल ३–०ले विजयी भयो।

सुपर कपको उपाधि बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ भने रियल मड्रिडले १३ पटक जितेको छ।