उज्बेकिस्तानको क्लबसँग थ्री स्टारको नमीठो हार, आहाराराको फाइनल पुग्न असफल

13 Feb, 2025

पोखरामा जारी आहारारा गोल्डकपमा थ्री स्टार क्लबले नमीठो हार व्यहोरोको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा थ्री स्टार उज्बेकिस्तानको क्लब ब्ल्याक बुल्स एफसीसँग ४–०को फराकिलो अन्तरले पराजित भयो।

यो हारसँगै पाँच पटकको च्याम्पियन थ्री स्टार प्रतियोगिताको फाइनल पुगन असफल भयो।

थ्री स्टारविरुद्ध ब्ल्याक बुल्सलाई जित दिलाउन कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले गोल गरे।

अब ब्ल्याक बुल्सले शनिबार हुने फाइनलमा उपाधिका लागि विभागीय नेपाल पुलिस क्लबसँग खेल्ने छ। पुलिस क्लब चर्च बोइजलाई हराउँदै फाइनल पुगेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]