सामग्रीमा जानुहोस्
शनिबार, कात्तिक ७, २०८३

नेपाली मूलका आरव अस्ट्रेलियाको मेलबर्न भिक्ट्री एकेडेमीमा

अस्ट्रेलियाको क्यानबेरामा रहेका १२ वर्षीय फुटबल खेलाडी आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्धन हुने भएका छन्। लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीबाट खेल्दै आएका भण्डारीलाई मेलबर्न भिक्ट्रीले छनोट गरेको हो।

आरबका बुबा सन्तोषका अनुसार उनी लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीमा रहेर अभ्यास गर्दै आएका थिए। त्यही क्रममा मेलबर्न भिक्टोरीका प्रतिनिधिको नजर उनीमाथि परेको थियो।

छनोटसँगै आरभ अब फुटबलमा थप अवसर र उच्चस्तरीय प्रशिक्षणका लागि भिक्टोरिया जाने छन्। १२ वर्षकै उमेरमा देशकै प्रतिष्ठित फुटबल क्लबको एकेडेमीमा स्थान पाउनु उनका लागि ठूलो उपलब्धि हो।

आरभ चार बर्षको उमेरमा बाबु आमासँग अस्ट्रेलिया आएका हुन्। विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका नेपाली मूलका बालबालिका तथा युवाका लागि उनको उपलब्धि प्रेरणादायी बन्न सक्छ।

आरव क्यालवेल हाईस्कुलमा अध्ययनरत भण्डारी चार वर्षको उमेरदेखि फुटबल खेल्दै आएका छन्। यस वर्ष पढाइ पूरा गरेपछि उनी परिवारसहित भिक्टोरिया सर्ने र मेलबर्न भिक्ट्रीको यू–१३ टोलीमा आबद्ध हुनेछन्। उनले भिक्टोरियाको प्रतिस्पर्धात्मक नेसनल प्रिमियर लिगमा पनि खेल्नेछन्।

सेयर गर्नुहोस्

1.1KShares