२४ पेनाल्टी प्रहारपछि एसी मिलान युरोपा लिगमा

इटालियन क्लब एसी मिलान युरोपा लिगमा छनोट भएको छ । छनोट चरणको प्ले अफमा पोर्चुगिज क्लब रियो एभलाई पराजित गर्दै एसी मिलान युरोपा लिगमा छनोट भएको हो ।

एसी मिलान र रियो एभबीचको खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल निर्णय पेनाल्टी सुटआउटबाट भयो । २४ पेनाल्टी प्रहारपछि मात्र खेलको निर्णय आयो ।

निर्धारित समयको खेल १–१को बराबरी रथप गरिएको समयको खेल २–२ को बराबरीमा सकिएको थियो । त्यसपछि दुवै टिमका दुवै टिमका १२–१२ खेलाडीले पेनाल्टी प्रहार गरे । जसमा एसी मिलान ८–९ले विजयी भयो ।

रियोका आन्द्रेलन सान्तोस, फ्रान्सिस्को गेराल्डेस, पावेल किस्जेक, नेल्नसन मोन्टेले पेनाल्टीमा गोल गर्न असफल भए । यता, मिलानका इस्मायल बेनासेर, जियानलुइजी डोनारुमा र रोलेन्जो कोलम्बको गोल गर्न असफल भएका थिए ।

रियो एभको मैदानमा भएको खेलमा एलेक्सिस साइलेमाइसकेर्सले ५१ मिनेटमा गोल गरेपछि एसी मिलानले अग्रता लिएको थियो । ७१औं मिनेटमा एलेक्सिस गेराल्डेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो ।

त्यसपछि ३० मिनेट थप गरियो । थप गरिएको समयको पहिलो मिनेटमै गिल्सनले गोल गर्दै रियो एभलाई २–१को अग्रता दिलाए । थप गरिएको ३० मिनेटको पनि इन्जुरी समयमा हाकन काल्हनोग्लुले पेनाल्टीमा गोल गरेपछि खेल २–२को बराबरीमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP