युभेन्ट्सलाई हराउँदै एसी मिलान सुपरकोपा इटालियानाको फाइनलमा, उपाधिका लागि इन्टरसँग खेल्ने

4 Jan, 2025
Share:
117 Shares

एसी मिलान सुपरकोपा इटालियानको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियास्थित अल अवाल पार्कमा शुक्रबार राति भएको सेमिफाइनलमा युभेन्ट्समाथि २–१को पुनरागमन जित निकाल्दै मिलान फाइनलमा पुगेको हो।

योसँगै सुपरकोपा इटालियानाको फाइनल ‘मिलान डर्बी’ हुने भएको छ। इन्टर मिलान यसअघि नै एट्लान्टालाई २–०ले हराउँदै फाइनल पुगिसेकेका छ। फाइलन जनवरी ६मा हुनेछ।

खेलमा अग्रता भने युभेन्ट्सले लियो। उसका केनन यिल्डिजले गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

तर, दोस्रो हाफमा मिलान खेलमा फर्कियो। उसले ४ मिनेट अन्तरमा २ गोल गरेको थियो। ७१औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै क्रिस्टियन पुलुसिचले खेलालाई १–१को बराबरीमा ल्याए। त्यसपछि ७५औं मिनेटमा फेडेरिको गाटीले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा मिलानले २–१को अग्रता लियो।

खेलमा त्यसपछि गोल ज्ञनहुँदा एसी मिलान युभेन्ट्सलाई २–१ले हराउँदै फाइनल पुग्यो। नवनियुक्त प्रशिक्षक सर्जियो कोन्सेसाओले जितका साथ मिलानमा प्रशिक्षण यात्रको थालनी गरेका छन्।