इब्राहिमोभिचको गोलमा एसी मिलान विजयी

इटालियन सिरि एमा एसी मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले गोल गरेपछि एसी मिलानले बोलोग्नामाथि २–०को जित निकाल्यो ।

मिलानको जिनमा दुवै गोल इब्राहिमोभिचले गरे । उनले दुवै हाफमा समान १ गोल गरेका थिए ।

३५औं मिनेटमा थियो हर्नान्डेजको पासमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई सुरुवती अग्रता दिलाए । ५०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इब्राहिमोभिचले मिलानको अग्रता दोब्बर बनाए । मिलानका स्टेफन डेन्सविलाई डिबक्मा लगाएपछि मिलानले पेनालटी पाएको थियो ।

८८औं मिनेटमा बोलोग्नाका मिचेल डिक्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलोग्नाले १० खेलाडिमा रहेर खेलको अन्त्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP