रोनाल्डोले गरे ८९९औं गोल, अल नासर विजयी

28 Aug, 2024
Share:
117 Shares

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रानाल्डोले करिअरको ८९९औं गोल गरेको खेलको उनको टिम अल नासर विजयी भएको छ। मंगलबा राति भएको खेलमा रोनाल्डोले गोल र असिस्ट गरेपछि साउदी प्रो लिगमा अल नासरले अल फेहमाथि ४–१को सहज जित निकाल्यो।

खेलमा ५औं मिनेटमाा टलिस्काले रोनाल्डोको पासमा गोल गर्दै अल नासरलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। उनले डिबक्सको ठीक बाहिरबाट प्राप्त फ्रिकिकमा सहजै गोल गरेका थिए।

३९ वर्षीय रोनाल्डोको करिअरको ८९९औं गोल र फ्रिकिकमार्फत गरेको ६४औं गोल हो। यस्तै, यो सिजन रोनाल्डोले लगातार चौथो खेलमा गोल गरेका हुन्। यसअघि उनले सुपर कपको सेमिफाइनल र फाइलन तथा लिगको सुरआती खेलमा पनि गोल गरेका थिए।

यस्तै, ८५औं मिनेटमा मार्सेलो ब्रोजोभिचले गोल गर्दै अल नासरलाई ३–१को अवस्थामा ल्याए। लगत्तै फसिओन साकालाले गोल गर्दै अल फेहलाई खेलमा फर्काउने प्रयास गरे। तर, इन्जुरी सयमको पाँचौं मिनेटमा टलिस्काले पुनः गोल गरेपछि अल नासर ४–१ले विजयी भयो।

प्रो लिगमा अल नासरको यो पहिलो जित हो। पहिलो खेलमा अल रइदसँग १–१को बराबरीमा रोकिएको थियो।