सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

रोनाल्डो चम्किँदा एएफसी च्याम्पियन्स लिगमा अल नासरको जित

पोर्चुगिच सुपर स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि एएफसी च्याम्पियन्स लिगमा अल नासर विजयी भएको छ।

सोमबार राति भएको खेलमा रोनाल्डोले २ गोल गरेको खेलमा अल नासरले अल वासलमाथि ४-०को जित निकाल्यो। खेलमा रोनाल्डोसँगै अली अलहसन र मोहम्मद अल फतिलले गोल गरे।

२५औं मिनेटमा अलहसनको गोलमा अल नासरले अग्रता लियो। त्यसपछि ४४औं मिनेटमा पेनाल्टीमा रोनाल्डोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोल गरेको अल नासरले दोस्रो हाफमा पनि २ गोल गरेको थियो। ७८औं मिनेटमा रोनाल्डोले गोल गरेपछि अल नासर सहज जित तर्फ अग्रसर भयो। ८८औं मिनेटमा फातिलले गोल गरेपछि अल नासर ४-०ले विजयी भयो।

यो जितसँगै अलनासर ७ खेलमा ५ जित र १ बराबरीसहित १६ अंक जोड्दै तोस्रो स्थानमा छ। ७ खेलमै १९ अंकसहित अल अहिल शीर्ष स्थानमा छ भने १ खेल कम खेलेको अल हिलाल १६ अंकसहित दोस्रो स्थानमा छ।

267शेयर