रोनाल्डोको गोलका बाबजुद अल नासर सुपर कप उपाधिबाट चुक्यो

18 Aug, 2024

पोर्चुगिच सुपर स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि उनको टिम अल नासर सिजनको पहिलो उपाधिबाट बञ्चित भएको छ। शनिबार राति भएको फाइलन साउदी प्रो लिग च्याम्पियन अल हिलालसँग ४–१ले पराजित भएपछि अल नासर सुपर कप उपाधिबाट बञ्चित भएको हो।

खेलमा अग्रता भने अल नासरले नै लिएको थियो। ४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले लागतार दोस्रो खेलमा गोल गरेका हुन्। पहिलो हाफ १–०मै सकियो।

तर, दोस्रो हाफ अल हिलाल पूर्णरुपमा हावी भयो। दोस्रो हाफमा उसले १७ मिनेट अन्तरमा ४ गोल गर्दै खेल आफ्नो पक्षमा बनाएको थियो। उसका लागि ५५औं मिनेटमा सर्जे मिलानकोभिच साविचले बराबरी गोल गरेका थिए।

त्यसपछि अलेक्जान्डर मिट्रोभिचले ६३औं र ६९औं मिनेटमा गोल गर्दै अल हिलाललाई ३–१को अग्रता दिलाए। ७२औं मिनेटम अल नासरका गोल किपरको गल्तीको फाइदा उठाउँदै माल्कोमले गोल गरेपछि अल हिलालले ४–१ ले विजयी भयो।

युरोपियन फुटबलका स्टार खेलाडीहरु भित्र्याएको अल हिलालले अघिल्लो सिजन अपराजित रहँदै लिग उपाधि जितेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]